• साउन ४, २०८२, आइतवार Sunday, 20 July, 2025

विश्वकप लिग-२ : आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

  • खबरदाता

विश्वकप लिग-२ : आज नेपालको भिडन्त नेदरल्यान्ड्ससँग

आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तरगत आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने छ । स्कटल्यान्डमा जारी शृङ्खलामा नेपाल उच्च फर्ममा छ ।

यसअघि नेपालले स्कटल्यान्डसँग भएको दुई खेलमा एकमा विजयी भएको छ भने अर्को खेलमा पराजित भएको छ । नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । लिग–२ मा नेपाल १५ खेलमा १० अङ्क सहित सातौँ स्थानमा छ ।

२२ खेलमा २६ अङ्क सहित दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सले पछिल्ला तीन खेलमा पराजयको सामना गरेको छ । अमेरिका २० खेलमा २८ अङ्क सहित शीर्ष स्थानमा छ ।

यो सिरिजमा नेपालले पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै एक बल बाँकी हुँदा एक विकेटको जित निकालेको थियो । स्कटल्यान्डविरुद्धकै दोस्रो खेलमा ३२४ रन पछ्याएको नेपाल ३२१ रन बनाउँदै दुई रनले पराजित हुनपुग्यो । नेपालले नेदरल्यान्ड्सविरुद्ध भने अघिल्लो खेलमा १७ बल बाँकी हुँदा पाँच विकेटको जित निकालेको छ ।

  • प्रकाशित मिति : जेठ २७, २०८२, मंगलवार ०५:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८