चितवनमा मानसिक सन्तुलन ठिक नभएका एक ब्यक्तिले दुई बालबालिकाको हत्या गरेका छन।
चितवन प्रहरीले दिएको जानकारी अनुसार भरतपुर २५ को किसानचोकमा आज (शुक्रबार) बिहान करिब १० बजेको समयमा उक्त घट्ना भएको हो।
सन्तुलन गुमाएका सोही स्थान बस्ने बर्ष ४२ का लिलाराज गिरी (भुपु सैनिक) ले आफ्नै छोरी बर्ष ७ की प्रभा गिरी र आफ्नै दाईको छोरा बर्ष ५ को सजन गिरीलाई खुर्पा प्रहार गरी घाईते बनाई आफुलाई पनि सोही खुर्पा प्रहार गरेका थिए ।
सजनको घट्नास्थल्मै मृत्यु भएको थियो भने छोरी प्रभाको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
मानसिक सन्तुलन ठिक नभएका लिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८