• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

विश्वकप एसिया छनोटमा बहराइनमाथि नेपालको सहज जित

  • खबरदाता

विश्वकप एसिया छनोटमा बहराइनमाथि नेपालको सहज जित

थाइल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बहराइनमाथि ९ विकेटको जित निकालेको छ ।

तेरथाइ क्रिकेट ग्राउण्डमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४ बल अगावै पूरा गर्‍यो । नेपालका लागि ओपनर कविता कुवरले सर्वाधिक १८ रन बनाइन् । उनले ११ बलमा ४ चौका प्रहार गरिन् ।

ओपनर सम्झना खड्का १० बलमा १३ बनाएर अविजित रहिन् । कप्तान इन्दु बर्मा ५ बलमा ७ रन बनाएर नटआउट रहिन् । वर्षाका कारण खेल ५र५ ओभरको खेलाइएको थियो ।

 

त्यसअघि पहिला ब्याटिङ गरेको बहराइनले ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । बहराइनका लागि दिपिका रसंगिकाले सर्वाधिक ३४ रन बनाएकी थिइन् ।

पहिलो खेलमा नेपालले हङकङसंग अंक बाढेको थियो ।

  • प्रकाशित मिति : वैशाख २७, २०८२, शनिवार १२:५१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८