• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

शिक्षकको आन्दोलन अझै कडा हुने , मागबाट पछि नहट्ने

  • खबरदाता

शिक्षकको आन्दोलन अझै कडा हुने  , मागबाट पछि नहट्ने

नेपाल शिक्षक महासंघले आन्दोलनलाई कमजोर नबनाउन अपिल गरेको छ । बुधबार बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले आन्दोलनलाई कमजोर नबनाउने र मागबाट पछि नहट्ने निष्कर्ष निकालेको हो ।

‘आजको आन्दोलन कमजोर भयो भने वार्तामा हामीलाई कमजोर बनाउन सक्छन् । त्यसैले आन्दोलनमा सबै सहभागी हुनुहोला, बैठकपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंको माइतीघर–बानेश्वरकेन्द्रित सडक आन्दोलन गरिरहेका छन् । आफूहरूसँग विगतमा भएका सहमतिलाई समेटेर शिक्षा ऐन जारी गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारसँग पटकपटक वार्ता भए पनि सहमति हुन सकेको छैन ।

  • प्रकाशित मिति : वैशाख १७, २०८२, बुधवार १०:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८