• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

अदालतको आदेश हेरेपछि मात्रै रविलाई पक्राउ गर्नेबारे अगाडि बढ्छौँ-प्रहरी

  • खबरदाता

अदालतको आदेश हेरेपछि मात्रै रविलाई पक्राउ गर्नेबारे अगाडि बढ्छौँ-प्रहरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले अदालतको आदेश हेरेपछि मात्रै पक्राउको प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘हामीले पनि थुनामा पठाउने आदेश गर्‍यो भन्ने सुन्यौँ तर आदेश नपढी अहिले नै केही भन्न मिल्दैन ।’

  • प्रकाशित मिति : चैत २२, २०८१, शुक्रवार २०:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८