• फागुन ३, २०८१, शनिवार Saturday, 15 February, 2025

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता

  • खबरदाता

ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा मधेश केन्द्रित दलको ऐक्यबद्धता

मधेश केन्द्रित विभिन्न आठ दलीय मोर्चाले ताप्लेजुङको पाथीभरा मुक्कुमलुङको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

मोर्चाका सदस्यहरूले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा मुक्कुमलुङ घटनामा उपचारार्थ घाइतेहरूसँग भेटवार्ता गर्दै आन्दोलनका ऐक्यबद्धता जनाएका हुन् ।

संस्कृति पहिचान र भूमिका लागि आन्दोलन गरिरहेकामाथि सरकारले निर्मम तरीकाले दमन गरेको भन्दै आठ दलीय मोर्चाका नेता राजकिशोर यादवले आपत्ति जनाए ।

आफ्नो भूमिको रक्षा गर्नका लागि आन्दोलन गरिरहेका नागरिकमाथि राज्यले दमनकारी र बर्बरता देखाएर गोली चलाएर ज्यान लिन खोजेको उनले बताए ।

तीनै जना घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उनले बताए । मोर्चाका सदस्य केशव झाले नो केबलकारको पक्षमा आन्दोलन गरिरहेका समूहमाथि सरकारले ज्यादती गरेको बताए ।

मोर्चाले मुक्कुमलुङ घटनाको मोर्चाले घोर भर्त्सना गर्ने निर्णय गरेको उनको भनाइ छ ।

  • प्रकाशित मिति : माघ १८, २०८१, शुक्रवार १४:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८