• असोज १, २०८१, मंगलवार Tuesday, 17 September, 2024

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा

  • खबरदाता

कोपा अमेरिका : अर्जेन्टिना फाइनलमा

काठमाडौं – अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा क्यानडलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनल पुगेको हो ।

खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरेका थिए

खेलको ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लियोनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । प्रतियोगितामा मेसीको यो पहिलो गोल हो ।

अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बियाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

गोलसँगै मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक १०९ गोल गरेका छन् । मेसीले सहभागीता जनाएका ६ वटा कोपा अमेरिका प्रतियोगितामा गोल गरेका छन् । मेसीले २००७ देखि अहिलेसम्म ६ वटा कोपा अमेरिकामा गोल गरेका हुन् । २००७, १०१५, २०१६, २०१९, २०२१ र २०२४ मा गोल गर्न सफल भएका हुन् ।

अर्जेन्टिनाका लागि १०९ गोल गरेका मेस्सी देशका लागि गोल गर्ने पोर्चुगलका क्रिष्टियानो रोनाल्डोपछि दोस्रो नम्बरमा छन् ।

  • प्रकाशित मिति : असार २६, २०८१, बुधवार ०९:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८