• फागुन २२, २०८०, मंगलवार Tuesday, 05 March, 2024

सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

  • खबरदाता

सिम्रौनगढमा प्रहरीको गोली लागी एक जनाको मृत्यु

मंसिर २७, २०८०

 

 

बारा- बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका कार्यालयमा प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो ।

प्रहरीको गोली लागी गम्भीर घाइते भएका सिम्रौनगढ नगरपालिका वडा नं। १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ वर्षीय लक्ष्मी मुखियालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएको थियो । पछि चिकित्सकहरुले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

झडपमा अरु १० जना प्रहरी समेत घाइते भएका छन् । पालिकाकी मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लैजाँदा एउटा समूहले अवरोध गरेपछि झडप भएको हो ।

नगरपालिका कार्यालय परिसरको अवस्था अझै तनावग्रस्त रहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : मंसिर २७, २०८०, बुधवार १७:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८