• असोज ६, २०८०, शनिवार Saturday, 23 September, 2023

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

  • खबरदाता

पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित

भदौ १५,२०८०

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा पारसले उमेश पियालाई पराजित गरे। पारसले २३ मत पाउदा उमेशले १४ मत प्राप्त गरे।

उपाध्यक्षमा प्रेम क्षेत्री विजयी भए। उनले रुपक रञ्जितलाई २३-१४ मतले पछि पारे। सचिवमा प्रशन्न शाक्य निर्वाचित भए। उनले प्रज्वल सापकोटालाई २३-१४ कै अन्तरमा पछि पारे।

सन्जय बस्नेत कोषाध्यक्षमा निर्वाचित भए। उनले विजय बोहरालाई पछि पारे।

सदस्यमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोक पोखरेल, सुजन महर्जन, निरा राजोपाध्यय, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल र अनुजमान श्रेष्ठ निर्वाचित भए।

  • प्रकाशित मिति : भदौ १५, २०८०, शुक्रवार २२:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८