• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

  • खबरदाता

प्रेमप्रसादले नाम लिएर ब्यक्ति र संस्थाबिरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

माघ १२, २०७९

 

मंगलबार संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।

इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको छ ।

आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् ।

बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।

  • प्रकाशित मिति : माघ १२, २०७९, बिहीवार १९:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८