• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

माघ ११ गते बुधबार :आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

  • खबरदाता

माघ ११ गते बुधबार :आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल

माघ ११, २०७९

 

-अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ नेपाल सं. ११४३ शिशिर ऋतु वि.सं. २०७९ माघ ११ गते बुधबार तद्अनुसार सन् २०२३ जनवरी २५ तारिख माघ शुक्ल पक्षको चतुर्थी तिथि पूर्वाभाद्रपद नक्षत्र परिघ योग वणि करण ०ः४६ पर बब करण आनन्दादियोगमा पद्म योग चन्द्रमा कुम्भ राशीमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५६ बजे र सूर्यास्त साँझ १७ः३७ बजे हुनेछ । तिलकुन्द चौथी ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य सवल रहे पनि कामको रफ्तारमा कमी आउन सक्छ । तथापि, व्यापारमा प्रशस्त फाइदा हुनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – आज कर्मबल बढ्ने र रसरागमा आकर्षण बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । तर अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मिथुन – भाग्योदय हुनेछ भने नयाँ सम्भावना देखिन्छ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । तथापि, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन् । यसका बाबजुद मित्रजनको सहयोगले हिम्मत दिलाउला । साझेदारीको काममा सफलता मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कर्कट – आजको दिन दौडधुप बढ्नेछ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । अरूले फसाउन सक्छन्। चोरी वा ठगीमा पर्न सकिनेछ, सावधान रहनुहोला । प्रेमपात्रसित भेटघाट हुनेछ । रोकिएका काम बन्नेछन् ।

सिंह – प्रेमभाव वृद्धि हुने र आरोग्यता बढ्नेछ । आफन्तसित भेटघाट होला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्ने योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।

कन्या – आरोग्यता बढ्नेछ । कार्यक्षमता वृद्धि हुनेछ । विलासमा रुची बढ्ने दिन छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – प्रेमभाव बढ्नेछ । धन मान वृद्धि होला । कीर्तिमानी काम गर्ने समय छ । तर आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – सुकार्यका लागि व्यस्तता बढ्नेछ । धैर्य र विवेकले काम गर्दा नसोचेको सफलता मिल्न सक्छ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।

धनु – पराक्रम वृद्धि हुनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त हुनेछ ।

मकर – आजको दिन पारिवारिक सुख प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । तर शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । यात्रामा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – आरोग्य बढ्ने भए पनि आजको दिन त्यति शुभदायी नरहला । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । रसरागको भाव वृद्धि हुनेछ ।

मीन – दिन शुभदायी छ । सन्तानको सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना क्रमशः फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रोगबाट छुट्कारा पाउनुहुनेछ । आशा उत्साह बढ्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

  • प्रकाशित मिति : माघ ११, २०७९, बुधवार ०७:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८