• साउन ४, २०८२, आइतवार Sunday, 20 July, 2025

नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

  • खबरदाता

नेदरल्यान्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ ।

मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९।२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका वेस्ली बारासीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एड्वार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोह क्रोएसले २२ रन थपे ।

ब्चनबपजबअजष् ऋझभलत क्ष्कबिलम ब्म
नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । नेपालबाट पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका नन्दनले नौ ओभरमा एक मेडन फ्याक्दै ३९ रनमात्र खर्चिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक(एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो ।

नेपालका मध्यक्रम ब्याटर आरिफ सेखले सर्वाधिक ८४ रन बनाए । उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।

यस्तै, कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले समान ३५ रन थपे । ओपनर कुशल भुर्तेलले १८ रन जोड्दा बसिर अहमेद र करण केसीले समान ११ रन जोडे । डेब्युट्यान्ट नन्दन यादव १० रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका पउल भान मिकेरेनले चार विकेट लिए । माइकल लेभिटले तीन विकेट लिँदा आर्यन दत्तले एक रन थपे ।

योसँगै नेपालले चारमध्ये तीन जित निकाल्दै स्कटल्यान्ड शृंखलाको अन्त्य गरेको छ । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग दुई रनको हार बेहोरेको थियो ।

जितसँगै १६ खेलबाट नेपालले १२ अंक जोडेको छ । २३ खेलबाट २६ अंक जोडेको नेदरल्यान्ड्स तालिकाको दोस्रो स्थानमा छ ।

  • प्रकाशित मिति : जेठ २८, २०८२, बुधवार ०५:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८