बालयौन दुरुपयोगको आरोपमा पक्राउ परेका मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ ।
जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदीप भट्टराईका अनुसार न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ १० गते दोषी ठहर भएका हुन् ।
शुभद्रा–मदन फाउन्डेसनका संस्थापक राईले सोही फाउन्डेसनमा अध्ययनररत बालिका तथा किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ । दोषी ठहर भएका उनको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८